कीवर्डहरू -

नेपालको रिटेल चेनमा पहिलोपटक साथीमार्टको १०० औं शाखा, अनलाइनबाट पनि खरिद गर्न सकिने

नेपालको रिटेल चेनमा पहिलोपटक साथीमार्टको १०० औं शाखा, अनलाइनबाट पनि खरिद गर्न सकिने

२०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै 'फास्टेस्ट ग्रोइङ रिटेल चेन' साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक १०० औं आउटलेट सुरु गरेको छ ।

सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइट www.saathimart.com मा गएर वा एप स्टोरमा उपलब्ध एप मार्फत आफुलाई चाहिएको सामान रोजि नि:शुल्क डेलिभरी मगाउन सकिन्छ ।

आज (मंगलबार) देखी सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र बिस्वस्नियता भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।

ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत 'को को मोडल' मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामक रुपमा आफ्नो ब्यापार बिस्तार गर्न  'साथी पार्टनस' कम्पनी समेत घोषणा गरेको छ ।

यो एक इन्भेस्टमेन्ट कम्पनी हो, जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केहि प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरुलाई अझ प्रोत्साहन गर्दछ ।

साथीमार्ट आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो ।  साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ।

तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ ।

२०७८/७९ आर्थिक वर्षमा  २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्‍याउने लक्ष्य राखेको छ।

साथीमार्टका आउटलेट पुर्वमा झापा देखि पश्चिम कैलाली दार्चुला  सम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँची लगायतका ग्रामीण भेगमा नेपालका प्राय ठुला सम्पूर्ण सहरमा १०० आउटलेट सहित फैलिएको छ ।

हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ।

कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको बताइएको छ।

नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्टसँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ।

विभिन्न रिटेल उत्पादन तथा ठूला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष्य प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे ।