कीवर्डहरू -

पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला, विद्यार्थीका आकर्षक प्रोजेक्टको प्रदर्शनी

पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला, विद्यार्थीका आकर्षक प्रोजेक्टको प्रदर्शनी

काठमाडौं । पुल्चोक क्याम्पसमा हिजाेदेखि ‘ग्रामीण विकासका लागि प्रविधि भन्ने’ मूल नारासहित १६औँ राष्ट्रिय प्राविधिक मेला सञ्चालन भएकाे छ । 

मेलामा १०० बढी स्टल राखिएका छन् । जसमा ७८ स्टल, प्रोजेक्टकै छन् । प्रतिष्पर्धात्मक ढाँचामा राखिएका प्रोजेक्टमा पुल्चोक क्याम्पसकै इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ संकायका विद्यार्थी र बाहिरका कलेजबाट सहभागि विद्यार्थीहरुले विकास गरेकाहरु छन् ।

बाँकी २९ ओटा प्रायोजक संस्थाका स्टल छन् । मेलामा काठमाडौं उपत्यका बाहिरबाट पाँच वटा कलेजले सहभागिता जनाएका छन् । ग्रामीण विकासलाई मूल विषय बनाएको मेलामा अत्याधुनिक कृषि औजारहरु, एग्रो डक्टर, अटोमेटिक फार्मिङ्, ट्राभल सफ्टवेयर, कृषि सफ्टवेयर प्रदर्शनीमा राखिएका छन् ।

यस्तै, रोबोटहरु र रक्तदान एप्लीकेशन पनि राखिएको छ । पोहोरको मेलामा ३० हजारले अवलोकन गरेकामा यो पल्ट झण्डै ४० हजारले अवलोकन गर्ने आयोजक संस्थाले जनाएको छ ।