कीवर्डहरू -

अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने 

अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने 

अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने भएको छ । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भोजमाण्डुले फ्रेन्चाइज निःशुल्ल दिन लागेको हो ।

भोजमाण्डूको फ्रेन्चाइज लिँदा ६ महिनासम्म कुनै शुल्क लाग्दैन् । कम्पनीले फ्रेन्चाइजका लागि निःशुल्क तालिम पनि दिने जनाएको छ । तर कम्पनीको अधिनमा रहेर काम गर्नुपर्छ ।

थोरै लगानीमा भोजमान्डुको फ्रेन्चाइज लिएर राम्रो आम्दानी गर्न सकिने कम्पनीका संस्थापक सुनिल यादवले बताए । कम्पनीले वैशाखमा २१ गते आफ्नो दोस्रो वार्षिकोत्सव पनि मनाउँदै छ ।

‘हामीले यो २ वर्षमा धेरै कठिनाई भोगेको छौ,’ यादवले भने, ‘नयाँ स्टार्टअप सुरू गर्दा विभिन्न कठिनाइहरू सामना गर्नुपर्छ । ती कठिनाई पार गर्दै हामीले २ वर्ष पार गरेका छौं ।’

भोजमान्डुले काठमाडौँमा बिहान १० बजे देखि राति २ बजे सम्म सेवा प्रदान गरिरहेको छ । भोजमान्डुले हाल काठमाडौँ, भक्तपुर, ललितपुर र वीरगंजमा आफ्नो सेवा प्रदान गरिरहेको छ । २ वर्ष अगाडि स्थापना भएको भोजमान्डु छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।