कीवर्डहरू -

पहिलो त्रैमासिक २०२२ मा भिभो शीर्ष स्थानमा पर्न सफल

पहिलो त्रैमासिक २०२२ मा भिभो शीर्ष स्थानमा पर्न सफल

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा  पहिलो स्थानमा रहन सफल भएको छ ।

उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।

त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यो   स्थान हासिल गर्न सहयोग पुर्याएको जनाइएको छ ।

स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलियो गति कायम राखेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको बताइएको छ ।