कीवर्डहरू -

ग्लोबल एजुरे २०२२ आयोजना गर्दै नेपाल क्लाउड प्रोफेस्नल र टेक वेबिनार नेपाल

ग्लोबल एजुरे २०२२ आयोजना गर्दै नेपाल क्लाउड प्रोफेस्नल र टेक वेबिनार नेपाल

नेपाल क्लाउड प्रोफेस्नल र टेक वेबिनार नेपालले ग्लोबल एजुरे २०२२ आयोजना गर्ने भएका छन् । शनिबार मे ७ मा हुन गईरहेको सो कार्यक्रम दिउँसोको १ः३० देखि ४ः३० सम्म चल्ने भएको छ ।

यस कार्यक्रमले सफ्टवेयर प्रोफेस्नलहरुलाई एजुरे क्लाउड सेवा द्रुत गतिले चलाउनलाई सहयोग पुर्याउनेछ । कार्यक्रममा एजुरे मेशिन लर्निङ्ग, डेटा ब्रिक्स, एजुरे पाइपलाइनको बारेमा जानकारी दिने र एआई टे्रन्डको बारेमा छलफल गरिने आयोजक समितीले बताएको छ ।

यो कार्यक्रम विगत ११ वर्ष देखि नेपालमा आयोजना हुँदै आएको छ । कार्यक्रममा सहभागी हुन् कम्तीमा पनि एक वर्षको सफ्टवेयर डेभ्लपमेन्ट, डेभ ओपिएस, सर्भर वा नेटवर्किङ्गमा अनुभव हुनुपर्नेछ ।

कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि फर्म भर्नुहोस् ।