कीवर्डहरू -

एनएमबि बैंकका ग्राहकलाई  यो यो जिपलाईनमा भिजा कार्ड मार्फत भुक्तानी गर्दा १२ प्रतिशत सम्म छुट

एनएमबि बैंकका ग्राहकलाई  यो यो जिपलाईनमा भिजा कार्ड मार्फत भुक्तानी गर्दा १२ प्रतिशत सम्म छुट

एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका थिए ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।