गूगल डक्सले सहज प्रोजेकट व्यवस्थापनका निम्ति नयाँ टेबल टूल एड गरेको छ । यसलाई प्रयोग गरेर हामीले डक्युमेन्टमा कस्टोमाइजेबल मेन्यु एड गर्न सक्छौँ ।
यसले डक्समा जहाँ पनि कस्टोमाइजेबल ड्रप डाउन मेन्यु राख्न दिन्छ । डक्समा मेन्युलाई पछि प्रयोग गर्नका लागि कस्टोमाइजेबल ड्रप डाउन मेन्यु टेम्प्लेटको रुपमा पनि सेभ गर्न सकिन्छ ।
तपाईले कति ओटा मेन्यु राख्ने र ती डक्सको कुन रगं राख्ने भनेर आफै सेलेक्ट पनि गर्न सक्नुहुनेछ । गूगल डक्सका अनुसार यसले एकदमै व्यवस्थित डक्युमेन्ट बनाउनलाई मद्दत पुर्याउँछ । यो फिचर प्राप्त गरेपछि इन्स्र्ट मेन्युबाट ड्रपडाउन अप्सन एड गर्न सकिनेछ ।