कीवर्डहरू -

म्यादी प्रहरीको पोसाकमा भिडियो बनाएर भाइरल बनेका किशोर पक्राउ

म्यादी प्रहरीको पोसाकमा भिडियो बनाएर भाइरल बनेका किशोर पक्राउ

म्यादी प्रहरीको पोसाक लगाएर खिचेको भिडियोका कारण भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

सामाजिक सञ्जाल टिकटकमार्फत् भिडियो बनाएर कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए । उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।