कीवर्डहरू -

दुरशिक्षासँगको सहकार्यमा निमा एकेडेमीले ल्यायो एसइइ दिएका विद्यार्थीका लागि कम्प्युटर कोर्स

दुरशिक्षासँगको सहकार्यमा निमा एकेडेमीले ल्यायो एसइइ दिएका विद्यार्थीका लागि कम्प्युटर कोर्स

निमा एकेडेमीले दुरशिक्षासँग सहकार्य गरेर एसइइ दिएका विद्यार्थीहरुका लागि कम्प्युटर कोर्स ल्याएको छ । कक्षाहरु सत प्रतिशत अनलाइन लाइभ क्लासबाट सञ्चालन हुनेछन् ।

यो कोर्स विद्यार्थीहरुलाई आइटी क्षेत्रमा रुची लगाउन लक्षित गरि सिर्जना गरिएको हो । यो कम्प्युटर कोर्स प्रोजेक्टमा आधारित प्रशिक्षण हो । यस कोर्समा १४ देखि १८ वर्षका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।

कोर्समा बिगीनरका लागि रहेको वेब डभलपमेन्ट कोर्स सिकाइन्छ । वेब डभलपमेन्टका लागि एचटीएमएल ५, सिएसएसथ्री, बुटस्ट्राप र जाभास्क्रीप्ट सिकाइन्छ । यो कोर्स ४५ घण्टाको रहेको छ ।

त्यस्तै प्रशिक्षणमा बिगिनरकै लागि रहेको पाइथन प्रोग्रामिङ पनि सिकाइनेछ । यो कोर्स ३० घण्टाको रहेको छ । थप जानकारीका लागि ९८०१०८००१३ वा ९८०१९६१४६८ मा सम्पर्क गर्नुहोस् ।