नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्पको क्लोजिङ कार्यक्रम सम्पन्न भएको छ । स्वीफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरि विन्टर इन्टेक कोड क्याम्प पौष २५,२०७८ देखि शरू भएको थियो ।
उद्योग र एकेडेमीकबीचको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अक्ष्यक्ष तथा आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ‘ज्ञानमा निपुण रहेका व्यक्तिमार्फत मात्रै नेपाललाई चिनाउन सकिन्छ । त्यहीकारण हाम्रोमा ठूलो सम्भावना छ । अब हरेक वर्ष हामीले १० हजार युवाहरूलाई प्रशिक्षण दिनुपर्छ । ’ भन्ने बताए ।
नयाँ प्रतिभाहरू पहिचान गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना गरिएको थियो । यसमा ४०९ जना भन्दा बढी विद्यार्थीहरूले रेजिस्टर गरेका थिए ।
गत वर्ष पुस २ गतेदेखि १६ गतेसम्म विन्टर इन्टेक कोड क्याम्पका लागि रजिष्ट्रेसन खुल्ला गरिएको थियो । त्यसपछि प्राप्त आवेदनमध्ये पहिलो चरणको फिल्टर पश्चात २०० भन्दा बढी विद्यार्थी विन्टर कोड क्याम्पमा छानिएका थिए । ३ महिनाको प्रशिक्षण पश्चात ७६ जना छनौटमा परेका थिए ।
जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, जाभा, पीएचपी, बिजनेस एनालिष्ट लगायतमा छुट्टा छुट्टै टिम बनाएर विन्टर इन्टेक कोड क्याम्पमा तालिम प्रदान गरिएको थियो ।