कीवर्डहरू -

आईएसपीका लागि खुल्यो डलर सटहीको सुविधा, इन्टरनेट नियमित हुने 

आईएसपीका लागि खुल्यो डलर सटहीको सुविधा, इन्टरनेट नियमित हुने 

काठमाडौं । अन्तर्राष्ट्र्रिय ब्याण्डविथको भुक्तानीका लागि डलर सटही खुल्ला भएको छ । बेरुजुको कारण देखाउँदै इन्टरनेट सेवाप्रदायकमाथि डलर भुक्तानीमा लगाएको रोक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबारबाट खुल्ला गरेको हो ।

करिब ६ महिनादेखि ४ अर्ब रुपैयाँ बराबरको शूल्क अप्सट्रिम प्रोभाइडर्सहरुलाई भुक्तानी गर्न नपाएको भन्दै केही दिनमै इन्टरनेट देशव्यापीरुपमा बन्द हुने आईएसपीहरुले चेतावनी दिदैँ आईरहेका थिए । जसले गर्दा चुनावको मुखमा इन्टरनेट अवरुद्ध हुने जोखिम बढेको थियो । तर सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको पहलमा भुक्तानीको बाटो खुल्ला भएपछि यो समस्या टरेको हो ।

साथै मन्त्रालयले बेरुजु समस्याको पनि दीर्घ समाधान गर्न आवश्यक अध्ययन सुरु गर्ने मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले बताएका छन् ।