कीवर्डहरू -

अब खल्तीमा बैंक लिङ्क रिफर गरी कमाउन सकिने

अब खल्तीमा बैंक लिङ्क रिफर गरी कमाउन सकिने

अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फेरि ल्याएको छ ।

यस अभियानमा खल्ती केवाईसी  प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन् । प्रत्येक  रिफरमा प्रयोगकर्ताले  ५० रुपैयाँ कमाउन सक्नेछन् ।

‘खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो। केही सेकेन्ड मै बैंक खाता लिङ्क गरि प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो’, खल्तीले भनेको छ । यसका साथै, प्रयोगकर्ताले ‘खल्ती’मा  एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिङ्क गरेमा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।

यस अफरको बारेमा कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “बैंक लिङ्क भुक्तानी सहज गर्ने सुविधा हो जुन हाम्रा प्रयोगकर्ताहरूले एकदमै मनपराएका छन् ।

यसले वालेट लोड गर्नेहरूको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्छ। यस सुविधालाई थप प्रयोगकर्ता माझ पुर्याउन  बैंक लिङ्क गर्न प्रोत्साहित गर्न रिफर एण्ड अर्न अफर ल्याएका हौँ। ”