कीवर्डहरू -

भ्रमपूर्ण प्रचार गर्ने अनलाइन फार्मेसीलाई कारवाही गर्ने विभागको चेतावनी

भ्रमपूर्ण प्रचार गर्ने अनलाइन फार्मेसीलाई कारवाही गर्ने विभागको चेतावनी

स्वास्थय तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभागको पूर्व अनुमति नलिईकन औषधिहरुको झुट्टा तथा भ्रमात्मक प्रचार र अनलाइन फार्मेसीसँग सम्बन्धित कार्यहरु गर्न नपाइने बताएको छ ।

हालमा विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइनहरुमा छुट वा अफर दिई औषधीहरुको गैरकानूनी विक्रि भईरहेको कारणले यो कार्य गैरकानूनी रहेको बताउँदै स्वास्थय तथा जनसंख्या मन्त्रालयल उक्त सूचना जारी गरेको हो ।

अनुमति नलिइकन औषधिको प्रचार प्रसार गैरकानूनी रहेको ऐनको दफा १९ मा उल्लेख भएकै कारण सो कार्य नगर्न विभागले निर्देशन दिएको छ ।

विभागले अहिलेसम्म कुनै पनि अनलाइन फार्मेसी उजुरी नभएको पनि खुलाएको छ । यस्ता अनलाइन फार्मेसीले विभिन्न छुटको अफर ल्याएर गैरकानूनी रुपमा औषधीहरुको विक्रि वितरण गरिरहेको विषयमा खेद प्रकट गरेको छ ।

त्यस्तै अनलाइन फार्मेसीमा विक्रि हुने औषधीहरुको गुणस्तरीयता, प्रभावकारीता र सुरक्षित कतिको छ भन्ने कुराको जानकारी नभएकाले विभागले सबै औषधी उपभोक्ता तथा विरामीलाई स्वः जिम्मेवार हुनुपर्ने र सकेसम्म यस्तो औषधी प्रयोग नगर्न अनुरोध गरेको छ ।

यो गैरकानूनी क्रियाकलाप सञ्चालन गरिरहेमा नियमबमोजिम कारवाही गरिने विभागको ठहर छ ।

\"\"