कीवर्डहरू -

आइडेन्टीटी सेक्युरिटी कार्यक्रम आयोजना गर्दै साइबर आर्क र डिजिटल नेटवर्क टिम

आइडेन्टीटी सेक्युरिटी कार्यक्रम आयोजना गर्दै साइबर आर्क र डिजिटल नेटवर्क टिम

साइबर आर्क र डिजिटल नेटवर्क टिमले सहकार्य गरेर सेट द आइडेन्टीटी सेक्युरिटी फर्स्ट फियरलेसली फरवार्ड कार्यक्रम आयोजना गर्ने भएका छन् ।

मे ११, २०२२ साँझ पाँच बजेबाट हुने सो कार्यक्रम एएलओएफटी, काठमाडौँमा आयोजना हुने भएको छ । सहभागीले आइडेन्टीटी सेक्युरिटी टेक्नोलोजी रोडम्यापको बारेमा बुझ्न सक्नेछन् । त्यस्तै अन प्रेमिसेज र क्लाउड वर्कलोडलाई कसरी सुरक्षित गर्ने भनेर पनि कार्यक्रममा छलफल गरिन्छ ।

आइडेन्टीटी एज अ सर्भिस को संयुक्त शक्तिको बारेमा बुझ्न र रिमोट वर्कफोर्सलाई कसरी सुरक्षित बनाउने भन्ने बारे पनि कार्यक्रममा कुरा गरिनेछ ।