कीवर्डहरू -

आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने

आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने

काठमाडौं । मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी प्रचार जन्य सामाग्रीहरु पोस्ट तथा शेयर गर्न पाईने छैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २७ गतेबाट मौन अवधि लागू गर्ने भन्दै निर्वाचन आयोगनले त्यस्ता गतिविधि बन्द गर्न निर्देशन दिएको हो ।

आयोगले मौन अवधि लागू भएपछिको समयमा उम्मेद्वार र उनीहरुको समर्थक तथा फ्यानहरुको फेसबुक, ट्वीटर, इन्स्टा तथा टिकटक पेजमा नयाँ स्पोन्सर पोस्ट गर्न नदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई नियमनका लागि निर्देशन दिएको छ ।

साथै आयोगले मौन अवधि अगाडी पोस्ट भएका चुनाव प्रचारजन्य सामाग्रीहरुलाई हटाउन समेत निर्देशन दिएको छ ।

यसैगरी मौन अवधिको समयमा चुनाव प्रचारका लागि विभिन्न दूरसञ्चार सेवाप्रदायकले दिदैँ आएको भ्याल्यु एडेड सेवा भ्यास अन्तर्गतका बल्क म्यासेज सेवाहरु पनि बन्द गर्न आयोगले निर्देशन दिएको छ ।