कीवर्डहरू -

गूगलले सुरक्षाका लागि नयाँ सुविधा ल्याउँदै

गूगलले सुरक्षाका लागि नयाँ सुविधा ल्याउँदै

काठमाडौँ। डाटा चोरी हुनबाट बचाउन विश्वकै सर्वाधिक लाेकप्रिय सर्च इन्जिन गूगलले २ नयाँ फिचर ल्याउने बताएको छ, जसको सहयोगले गर्दा प्रयोगकर्ताले डाटा चोरी भएको छ वा छैन भनेर थाहा पाउन सक्नेछन्।

गूगल आईडी र पासवर्ड अरुले प्रयोग गरेर सूचना चोरीरहेका हुन सक्छन। पासवर्ड चेकअप टुल्सबाट कहाँबाट आईडी र पासवर्ड प्रयोग गर्न खोजिएको छ भन्ने जानकारी दिन्छ। यसले अगाडि नै प्रयोगकर्तालाई पासवर्ड बदल्न सुझाव दिन्छ।

गूगलले अर्को ल्याउने सुविधा भनेको क्रस अकाउन्ट प्रोटेक्सन हो, जसले वेबसाइट तथा थर्ड एपसँग जोडिएका अकाउन्टमा आएको गडबडी पत्ता लगाउन सहयोग गर्छ।