कीवर्डहरू -

चुनावको दिन पठाओ सेवा बन्द हुने

चुनावको दिन पठाओ सेवा बन्द हुने

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुन गईरहेको स्थानीय तह निर्वाचनको दिन पठाओको सेवा स्थगित हुने भएको छ ।

निर्वाचन आयोगको अत्यावश्यक सवारी बाहनबाहेक अन्य सञ्चालन हुन नपाउने निर्देशनको पालना गर्दै मतदानको दिन पठाओ सेवा स्थगित गर्ने निर्णय गरेको कम्पनीले बताएको हो ।

मौन अवधि सुरू भएसँगै सार्वजनिक यातायातका सेवाहरू सडकमा कम देखिए पनि पठाओले भने बिहिबारसम्म पूर्णरूपमा सेवा प्रदान गरिरहेको छ ।

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने छन् ।