कीवर्डहरू -

एप्पल बन्यो विश्वको सबैभन्दा ठुलो मूल्यवान कम्पनी

एप्पल बन्यो विश्वको  सबैभन्दा ठुलो मूल्यवान कम्पनी

काठमाडौँ। माइक्रोसफ्टलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो मूल्यवान कम्पनी बनेको छ। एप्पलको बजार पुँजीकरण ८ खर्ब २१ अर्ब डलर पुगेको छ। माइक्रोसफ्टको भने बजार पुँजीकरण ८ खर्ब १९ अर्ब डलर पुगेको छ। अमेजनको बजार पुँजीकरण ८ खर्ब १६ अर्ब डलर पुगेको छ। योसँगै एप्पल पहिलो, माइक्रोसफ्ट दोस्रो र अमेजन तेस्रो स्थानमा छन्।

१६ वर्षपछि गत नोभेम्बरमा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट सबैभन्दा बढी बजार पुँजीकरण भएको कम्पनी बन्न पुगेको थियो। तर दुइ महिनापछि एप्पल पहिलो कम्पनी बन्न सफल भएको छ। मंगलबार एप्पलको सेयरमा १ दशमलव ७१ प्रतिशतले वृद्धि भएको थियो। गत जनवरीमा अमेजनले माइक्रोसफ्टलाई पछि पार्दै पहिलो स्थानमा आएको थियो । तर, माइक्रोसफ्ट फेरि पहिलो स्थानमा आएको थियो।