कीवर्डहरू -

भाइबरले ल्यायो आफ्नो एपमा नयाँ सुविधा

भाइबरले ल्यायो आफ्नो एपमा नयाँ सुविधा

काठमाडौँ। भाइबरले आफ्नो नयाँ भर्सनका साथमा नयाँ सुविधा सार्वजनिक गरेको छ।

भाइबरले नयाँ भर्सन १० आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराएको छ।

नेपालमा धरै प्रयोग हुने च्याटिङ एप भाइबरले नयाँ अपडेटमा अल ह्वाइट युआई प्रयोग गरेको छ, जुन एपमा नयाँ चलन हो।

भाइबरले आफ्नो नयाँ अपडेटमा पर्पल कलर पनि राखेको छ। भर्सन १० मा युनीफाइट च्याट लिस्ट छ जसमा प्राइभेट, ग्रुप र कम्युनिटिज च्याटहरु एकै ठाउँमा हेर्न सकिन्छ। कल स्क्रीनमा पनि नयाँ अपडेट छ, जसमा सबै कल एउटै लिस्टमा हेर्न सकिन्छ । यस अपडेटमा आफ्नो नम्बर सार्वजनिक नगरेरै च्याट गर्न सकिन्छ।

भाइबरको नयाँ अपडेटमा हिडन नम्बर च्याट्स फिचर प्रयोग गरी कम्युनिटिज च्याटभित्र अन्य मानिसलाई एक अर्काको नम्बर सार्वजनिक नगरेरै मेसेज पठाउन सकिन्छ। भाइबरले ग्रुप कलिङ सुविधा पनि ल्याउने जानकारी दिएको छ । यस सुविधाअन्तर्गत तपाईंले एकैपटकमा ५ जनासँग भ्वाइस कल गर्न सक्नुहुन्छ।