अब जब इन्टरभ्यूको तयारी एआईबाटै गर्न सकिने भएको छ । यसका लागि गूगलले इन्टरभ्यू वार्मअप टूल सार्वजनिक गरेको छ ।
यसले तपाईलाई विभिन्न रोजगारका लागि तयार गरिदिने गर्दछ । यस साइटले इन्टरभ्यूमा सोधिने साधारण तथा रोजगार केन्द्रित प्रश्नहरु सोध्ने गर्दछ ।
एआईले बोलेर वा टाइप गरेर दिएको उत्तरहरुलाई मूल्याकंन गर्ने गर्दछ । कुन शब्द तपाईले धेरै दोहोर्याउनु हुन्छ भन्ने कुरा पनि इन्टरभ्यू वार्मअप टूलले पत्ता लगाउने छ ।
इन्टरभ्यू वार्मअप टूल विशेषगरी गूगल करिअर सर्टिफिकेट प्रयोगकर्ताहरुलाई केन्द्रित गरेर बनाइएको टूल हो ।
गूगलले यस टूललाई अझै विस्तृत गर्दै गएर धेरै प्रयोगकर्ताहरुलाई मद्दत गर्ने योजना बनाएको छ । एआईलाई आजभोलि कर्मचारी राख्नका लागि प्रयोग गरिने हुँदा गूगलले पनि त्यही ट्रेन्डलाई पछ्याएको हो ।