कीवर्डहरू -

सेलपेबाट अब स्मार्ट क्यूआर स्क्यान गरेर पैसा तिर्न सकिने

सेलपेबाट अब स्मार्ट क्यूआर स्क्यान गरेर पैसा तिर्न सकिने

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रालि (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन् भने सेलपे मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।