कीवर्डहरू -

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर खस्किँदै, फिक्स्डमा भने सुधार

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर खस्किँदै, फिक्स्डमा भने सुधार

नेपालमा मोबाइल ब्रोडब्यान्डको गुणस्तर खस्किएको छ । ओकला स्पीड टेस्टको ग्लोबल इन्डेक्स अनुसार मार्चको भन्दा अप्रिल महिनामा ७ स्थान तल खस्किदै नेपाल ११६ स्थानमा पुगेको छ ।

मोबाइल ब्रोडब्याण्डको गुणस्तर खस्किएको फिक्स्ड ब्रोडब्याण्डमा भने नेपालले मार्चको भन्दा एक स्थान सुधार गर्दै ८१ स्थानमा पुगेको छ ।

मोबाइल ब्रोडब्याण्डमा नेपालको डाउनलोड स्पीड १५.१३ एमबीपीएस रहेको छ भने अपलोड स्पीड १०.६७ एमबीपीएस रहेको छ । त्यस्तै ल्याटेन्सी २४ एमएस रहेको छ ।

यसैगरी फिक्स्ड ब्रोडब्याण्डको नेपालमा डाउनलोड स्पीड ४२.०८ एमबीपीएस, अपलोड स्पीड ४०.२३ एमबीपीएस र ल्याटेन्सी ५ एस रहेको छ ।