कीवर्डहरू -

आरटीजीएस प्रणालीमा थप ४ वित्तिय संस्था आवद्ध

आरटीजीएस प्रणालीमा थप ४ वित्तिय संस्था आवद्ध

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ वटा वित्तिय संस्थाहरू आवद्ध भएका छन् ।

मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स र इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स आरटीजीएस प्रणालीमा थपिएका हुन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

यस अघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् ।

आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तीय संस्था मध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणाली मार्फत २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।