कीवर्डहरू -

जिमेलमा यसरी विकास गर्नुहोस् सिग्नेचर

जिमेलमा यसरी विकास गर्नुहोस् सिग्नेचर

जिमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । सबैकुरा डिजिटल भईरहेको समयमा हाम्रो हस्ताक्षर पनि डिजिटल बनिसकेको छ ।

आज हामी जिमेलमा सिग्नेचरको विकास कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ । तलको प्रक्रिया प्रयोग गरी जिमेलमा सिग्नेचरको विकास गर्न सकिन्छ ।

यसका लागि सर्वप्रथम आफ्नो कम्प्यूटरमा जिमेल खोल्नुपर्ने हुन्छ । अब माथिल्लो दायाँ भागमा रहेको सेटिंगमा क्लिक गरेर शी अल सेटिगंमा क्लिक गर्नुपर्छ ।

अब सिग्नेचर सेक्सनसम्म स्क्रोल गर्नुपर्छ र एड योर सिग्नेचर टेक्सट इन द बक्समा क्लिक गर्नुपर्छ । तपाईले इमेज वा टेक्सट स्टाइल परिवर्तन गरेर पनि मेसेजलाई फरम्याट गर्न सक्नुहुनेछ । अब पेजको तल गएर सेभ चेन्जेज भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।