कीवर्डहरू -

रिचार्जर एपमा आधा दर्जन नयाँ फिचर, भ्यालेन्टाइन डेमा आईफोन एक्स उपहार

रिचार्जर एपमा आधा दर्जन नयाँ फिचर, भ्यालेन्टाइन डेमा आईफोन एक्स उपहार

काठमाडौँ– मोबाइल एप रिचार्जरले झण्डै आधादर्जन नयाँ फिचरहरु थप गरेको छ। साथै रिचार्जरले भ्यालेन्टाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ।

रिचार्जरले भ्यालेन्टाइन डे को अवसरमा आफ्ना प्रयोगकर्तालाई गोलाप्रथाबाट आईफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ। जसका लागि कम्पनीले केहि शर्त तोकेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार आइफोन एक्सको लक्की ड्रमा सहभागी हुनका लागि गुगल प्ले स्टोर वा एप्पलको एप स्टोरबाट रिर्चाजरको एप डाउनलोड गरेर खाता खोल्नुपर्ने छ। त्यस पछि रिर्चाजरको फेसबुक पेज लाईक गर्नु गरेर कम्तिमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्ने छ।

१५ जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एप रिफरल ट्याग गर्नेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई आईफोन एक्स वितरण गरिनेछ। यो योजना फेब्रुवरी १२ देखि १८ तारिखसम्म चल्नेछ। फेब्रुवरी १८ अर्थात फागुन ७ गते फेसबुक लाइफमार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए।

अब रिर्चाजर एपमार्फत नै पानी, विजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ। साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवा समेत थप गरिएको छ। अधिकांश भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यास ब्याक समेत उपलब्ध गराइने रिचार्जरले जनाएको छ।

‘एप एक, सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टिफङ्सन अनलाइन सपिङ हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन्। मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा २० भन्दा बढी बैंकको इ–बैंकिंग, इ–सेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ।

नेपालमा चलन चल्तीमा रहेका एकहजार बढी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ।