कीवर्डहरू -

बीवाईडीको सद्भावना दुतमा हरिवंश आचार्य नियुक्त, भन्छन्ः ‘नेपालमा अब विद्युतीय युग सुरू भयो’

बीवाईडीको सद्भावना दुतमा हरिवंश आचार्य नियुक्त, भन्छन्ः ‘नेपालमा अब विद्युतीय युग सुरू भयो’

विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीको सद्भावना दुतमा कलाकार हरिवंश आचार्य नियुक्त भएका छन् । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रता साइमेक्स प्रालिले आचार्यलाई सद्भावना दुतमा नियुक्त गरेको हो ।

सद्भावना दुतमा नियुतक्त भएपछि हरिवंशले नेपालमा अब विद्युतीय युग सुरू भएको बताएका छन् । साइमेक्सले नेपालमा बीवाईडीका प्रडक्टहरू बिक्री तथा वितरण गरिरहेको छ ।

साइमेक्स नेपालको इलेक्ट्रिक मोबिलिटीमा पायोनियर कम्पनी हो । कम्पनीले नेपालमै पहिलो पटक व्यवसायिक चार्जिङ स्टेसन तयार गरेको थियो । साइमेक्स नेपालको सबैभन्दा ठूलो व्यवसायिक चार्जिङ स्टेसन सञ्चालक हो ।

साइमेक्सलाई एशियालि विकास बैंकले ‘लारजेष्ट ईभी कन्ट्रयाक्ट इन नेपाल’ अवार्ड समेत प्रदान गरेको छ । साइमेक्सले नेपाल सरकारका विभिन्न निकायलाई समेत विद्युतीय गाडीहरू प्रदान गरेको छ ।