जुम्लाको सिँजा गाउँपालिकामा पहिलो पटक टेलिफोन सेवा सञ्चालन भएको छ । नराकोटमा निर्मित टेलिफोन टावरलाई पुनः सञ्चालन गरी टेलिफोन सञ्चालन गरेको हो ।
यसअघिसम्म बन्द अवस्थामा रहेको टेलिफोन सेवा नव निर्वाचित गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको पहलमा सञ्चालनमा आएको हो । सेवा सञ्चालनसँगै सिंजाबासी लाभान्वित बनेको स्थानीय डिल्लीप्रसाद तिवारीले बताए ।
विद्युतको भोल्टेज नपुगेपछि सोलार व्यट्रि व्यवस्थापन गरेर टेलिफोन सञ्चालनमा ल्याएको नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीले जानकारी दिए ।
सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा लिन पाएका छन् । गोरखापत्र