कीवर्डहरू -

दबङ टुर रिलोडेडको टिकट ग्यापुबाट किन्दा घरैमा डेलिभरी हुने

दबङ टुर रिलोडेडको टिकट ग्यापुबाट किन्दा घरैमा डेलिभरी हुने

लोकप्रिय नेपाली ई-कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ ।

दर्शकले gyapu.com बाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ । भने टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ ।

यस्तै ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको छ ।

‘द-बङ टुर रिलोडेड’ आगामी मे २८ तारिखमा काठमाडौं स्थित दशरथ रंगशालामा  आयोजना हुनेछ । सो कार्यक्रममा सलमान खान लगायत भारतीय कलाकारहरूको समुह आउने भएका छन् ।

साथै नेपाली कलाकारहरूको पनि उपस्थिती रहनेछ । उक्त मनोरञ्जनात्मक कार्यक्रममा नृत्य र गीतसंगितको भरपुर मजा लिन सकिने छ ।