कीवर्डहरू -

क्वालकमको अहिलेसम्मकै फास्ट प्रोसेसर सार्वजनिक

क्वालकमको अहिलेसम्मकै फास्ट प्रोसेसर सार्वजनिक

क्वालकमले अहिलेसम्मकै सबैभन्दा फास्ट एन्ड्रोइड चिप स्नापड्रागन एट प्लस जेन वान सार्वजनिक गरेको छ । यसमा पर्फरमेन्स स्पीडको वृद्धि र ब्याट्री लाइफ क्षमताको विकास गरिएको छ ।

क्वालकमले चिपमा १० प्रतिशत प्रोसेसिङ स्पीडमा वृद्धि र एआईका लागि २० प्रतिशत हाई पर्फरमेन्स प्रति वाट रहेको दावी गरेको छ । त्यस्तै यसले ३० प्रतिशत कम ऊर्जा खपत पनि गर्ने गर्दछ ।

कम्पनीले असुस, अनर, मोटोरोला, वानप्लस, ओप्पो र साओमी जस्ता ठूल्ठूला ब्रान्डले आफ्नो चिप प्रयोग गर्ने अनुमान लगाएको छ ।