कीवर्डहरू -

केयुको पहलमा आयो नेपालमा सुपर कम्प्युटर, संचालन गर्ने तर्फ भने अन्योल

केयुको पहलमा आयो नेपालमा सुपर कम्प्युटर, संचालन गर्ने तर्फ भने अन्योल

काठमाडौं विश्वविद्यालयको पहलमा बनेपास्थित सूचना प्रविधि पार्कमा पहिलो पटक हाइ प्रोसेसिंग कम्प्युटिंग (एचपीसी) अर्थात् सुपर कम्प्युटर भित्रिएको छ केहि महिना अघि नै नेपाल आएको उक्त कम्प्युटर सिस्टम बनेपा स्थित आइटी पार्कमा राखिएको छ ।

जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले काठमाडौं विश्‍वविद्यालयको पहलमा नेपाललाइ प्रदान गरेको हो । काठमाडौँ बिस्वबिध्यालयका उप प्राध्यापक मनोज शाक्यका अनुसार 'साढे ७ टेरावाइट र्‍याम , प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्‍युटर नेटवर्क, स्विच र केही यन्त्रहरू उपलब्ध छन्, जसलाई अहिले ब्यबस्थापन गरि सफ्टवेयर इन्स्टलेसन भैसकेको छ।

उक्त सुपर कम्प्टरमा जम्‍मा १८४ वटा सिपीयू , १६ वटा डिक्स सर्भर , १२ वटा नेटवर्क सरभर स्विचहरु रहेको शाक्यले बताए। यसले करीब २ हजार ५ सय कम्प्युटर बराबरको प्रोसेसिङु गर्छ भने करीब २ हजार सामान्‍य डेस्कटप कम्प्टुटरको काम एकै पटकमा गर्न सक्‍ने क्षमता राख्दछ ।

सरकारले चाहेमा यसलाई तुरुन्त प्रयोगमा ल्याउन सकिने छ । धेरै तथ्यांकहरु प्रयोग गरेर रिजल्ट निकाल्नु पर्ने कुराहरुमा यसको प्रयोग गर्न सकिनेछ । सरकारको डेटा सेन्टरको ब्याकअपको रुपमा समेत यसले काम गर्न सक्नेछ भने मौसमको जानकारी दिन यसलाई प्रयोग गर्न सकिनेछ । बाताबरणको जानकारी, सूचना प्रबाह तथा स्टोरेजको लागि यो प्रयोग हुनेछ भने नेसनल आइडी कार्डको ब्यबस्थापनमा समेत यसको प्रयोग हुन सक्नेछ ।

यसको प्रयोग धेरैरुपमा गर्न सकिने र देशले समेत फाइदा लिन सक्ने हुदा सरकारले यसमा सहजीकरण गर्नुपर्ने शाक्यको भनाइ छ ।  यो संचालनमा ल्याउन तत्काल बिद्युतको समस्या रहेको उनको भनाइ छ । यसले मासिक ४ लाख बढिको बिद्युत खपत गर्ने भएकोले यसलाई सस्टेनेवल बनाउन केहि योजनाहरु बनिरहेको बताइएको छ तर आइटी पार्कलाइ के कसरि चलाउने भन्ने ठोस निर्णय नहुदा अन्योल भएको बिस्वबिद्यालयले जनाएको छ । अहिले रिसर्चको लागि भने बिस्वबिध्यालयले यसलाई प्रयोगमा ल्याईसकेको जनाएको छ ।

\"\"

२०७२ चैत २४ गते सूचना प्रविधि विभागसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको केयूले आइटी पार्कमा नवीनतम् अनुसन्धानका लागि आइओटी रिसर्च ल्याब सुरु गरिसकेको छ। तर सरकारले पछिल्लो समय उक्त पार्कमा सेक्युरिटी प्रेस राख्ने तयारी रहेको बताएपछि सुपर कम्प्युटरलाइ कहाँ र कसरि ब्यबस्थापन गरि संचालनमा ल्याउने भन्ने कुरा अन्योलमा नै छ ।