कीवर्डहरू -

धनगढीमा सम्पन्न भयो इबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट, २ हजार बढीले गरे अवलोकन  

धनगढीमा सम्पन्न भयो इबीमा स्टार्टअप एण्ड आइडिया फेस्ट, २ हजार बढीले गरे अवलोकन  

सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।

दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा २५ भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम २ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

फेस्टमा २३ स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका थिए, जसमध्ये इन्क्युवेसनका लागि ५ स्टार्टअप छनोट भएका छन् भने ब्ल्याक बोर्ड नेपाल प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । ब्ल्याक बोर्ड नेपालसँगै पोथी इन्क्युबेटर, सार, स्मार्ट डस्टबिन, सस्तो किताब डटकम र मिझ्नी डटकम काठमाडौंमा हुने इन्क्युवेसनका लागि छनोटमा परेका छन् ।

त्यस्तै साढे २ बजेदेखि सुरू भएको डिजिटल सुदूरपश्चिम संवादमा प्रमुख अतिथिको रूपमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री डा. रणबहादुर रावलको उपस्थिति रहेको थियो ।

डिजिटल सुदूरपश्चिम संवादमा प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा छलफल भएको छ ।