कीवर्डहरू -

फोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण 

फोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण 

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण हुन सफल भएको छ ।

फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरियता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो ।

यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेको र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ ।

आइएसओबाट प्रमाणिकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले फोनपेका आम ग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध रहेको बताए ।

त्यसका लागि  फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको सापकोटाको भनाइ छ । आउँदा दिनमा पनि निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउने उनले बताए ।

यस्तै फोनपेका हेड अफ सेक्यूरिटीका आस्लम अलीले आइएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि प्रतिबद्ध रहेको देखाउँछ बताए ।

यसमा सम्पूर्ण कर्मचारिको प्रयास र योगदान समावेश छ । त्यसैले आज हामी यो भन्न पाउँदा गर्व गर्छौँ कि सुरक्षा र डाटा संरक्षणका लागि जागरुकता एउटै विभागमा सिमित छैन तर हाम्रो कर्पोरेट संस्कृतिमा निहित छ ।

फोनपले यसअघि पनि  डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट रहेका छन् । एक करोड  ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।