कीवर्डहरू -

बीबीसी नेपाली सेवा अब साँझ १५ मिनेट मात्रै प्रसारण हुने, डिजिटल माध्यममा केन्द्रित हुँदै

बीबीसी नेपाली सेवा अब साँझ १५ मिनेट मात्रै प्रसारण हुने, डिजिटल माध्यममा केन्द्रित हुँदै

बीबीसी नेपाली सेवाको रेडियो प्रसारणमा परिवर्तन हुने भएको छ । आउँदो जेठ १६ गतेदेखि बीबीसी नेपाली सेवाको बिहानी प्रसारण बन्द हुने भएको हो ।

अहिलेसम्म बीबीसी नेपालीको बिहानी सेवा १५ मिनेट प्रसारण हुँदै आएको छ । त्यस्तै बेलुकीको प्रसारण पनि अब १५ मिनेट मात्र हुने बीबीसी नेपाली सेवाले जनाएको छ । बीबीसी नेपाली सेवाले अब आफुलाई डिजिटलमा केन्द्रित गर्ने भएको छ ।

श्रोता र पाठकको बढ्दो रूचिलाई अझ बलियोसँग सम्बोधन गर्न डिजिटल माध्यमलाई सशक्त बनाउने बीबीसीको नीतिअनुसार यो परिवर्तन गर्न लागिएको बीबीसीले नेपाली सेवाले जानकारी दिएको छ ।