कीवर्डहरू -

हाम्रो नेपाली किबोर्डको डाउनलोड ५० लाख, ल्यायो प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर

हाम्रो नेपाली किबोर्डको डाउनलोड ५० लाख, ल्यायो प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर

हाम्रो नेपाली किबोर्डको डाउनलोड संख्या ५० लाख पुगेको छ । योसँगै नेपालमा सर्वाधिक  ५० लाख डाउनलोड हुने दाेस्राे एपमा यो पर्न सफल भएको छ । यसअघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आँकडा चुम्न सफल भएको थियो । 

नयाँ वर्ष २०१९ को अवसरमा पहिलो पटक, नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरिएको थियो । भ्यालेन्टाइनको यो विशेष महिनामा यो एपका प्रयोगकर्ताका लागि मायालु सन्देशसहितका नयाँ स्टिकरहरु थपेको कम्पनीले जनाएको छ । 

शब्दबाट अभिव्यक्त गर्न नसकेका कुराहरु यो एपको स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोलअंकित स्टिकरहरुले सजिलै अभिव्यक्त गरीदिनेछन् । थपिएका नया स्टिकरमा कान्छा, कान्छी, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तिका शब्द समेटिएका छन् । 

यसका साथै हाम्रो पात्रोमा समेत प्रेमदिवस विशेष इकार्डहरु उपलब्ध छन् ।