कीवर्डहरू -

१० महिनामा आयात भए १० अर्ब ९ करोड बराबरका ल्यापटप, वैशाखमा मात्रै ८५ करोड ५७ लाखका भित्रिए

१० महिनामा आयात भए १० अर्ब ९ करोड बराबरका ल्यापटप, वैशाखमा मात्रै ८५ करोड ५७ लाखका भित्रिए

वैशाख महिनामा मात्रै ८५ करोड ५७ लाख २८ हजार रूपैयाँ बराबरका ल्यापटप तथा नोटबुक आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार वैशाखमा ८५ करोड ५७ लाख २८ हजार बराबरका १२ हजार २९४ थान ल्यापटप आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १० अर्ब ९ करोड ६ लाख १० हजार बराबरका १ लाख ६६ हजार ३०३ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका छन् ।

दशमहिनाको अवधिमा ल्यापटप आयाताबाट सरकारलाई १ अर्ब ३० करोड ९६ लाख ९७ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।