कीवर्डहरू -

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

विदेशी लगानी आकर्षित गर्न उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वाचालित रूप प्रणाली अबलम्बन गर्न सुरू गरिने उनले बताइन् ।

‘एकल बिन्दु सेवालाई प्रविधिमा आधारित बनाइने छ,’ उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘उद्योग तथा व्यवसायको स्थापना सञ्चालन र बहिर्गमनको अभिलेखन एवं सहजीकरण सम्बन्धि सेवा विद्युतीय माध्यमबाट उपलब्ध हुने प्रबन्ध मिलाइने छ ।’