अन्तर्राष्ट्रिय व्यापारमा भरपर्दो सूचना पाउन सरकारले मार्केट एण्ड ट्रेड इन्टेलिजेन्स उपयोग गर्ने भएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।
अन्तर्राष्ट्रिय व्यापारमा भरपर्दो सूचना प्राप्त गर्न विज्ञ सम्मिलित मार्केट एण्ड ट्रेड इन्टेलिजेन्सको उपयोग गरिने उनले बताइन् ।