कीवर्डहरू -

साउनदेखि सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन लागु हुने

साउनदेखि सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन लागु हुने

सरकारले आउँदो साउनदेखि सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन लागु हुने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

आगामी वर्षदेखि नेपाल सरकारका सबै निकायमा एकीकृत कार्यालय व्यवस्थापन लागु गरी कागजको प्रयोग क्रमश कम गरिने उनले बताइन् ।

उनले डिजिटल नेपाल फ्रेमवर्क २०७६ को प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाउने नीति लिइने बताइन् ।