कीवर्डहरू -

सुर्खेतमा बिहीबार डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट आयोजना हुँदै

सुर्खेतमा बिहीबार डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट आयोजना हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एशोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो ।

डिजिटल संवादमा कर्णाली प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ । संवाद विरेन्द्रनगर सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा बिहीबार दिउँसो २ बजेदेखि सुरू हुनेछ ।

कर्णाली प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुने आयोजकले जनाएको छ ।

त्यस्तै बिहीबार नै सिद्धार्थ सन्नी रिसोर्टमा इबीमा स्टार्टअप एण्ड आईडिया फेस्ट पनि आयोजना हुने भएको छ ।

फेस्टमा कर्णाली प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरु सहभागी हुन सक्ने छन् । फेस्ट दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

फेस्टसँगसँगै ‍एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

त्यस्तै आईडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । उक्त आईडियाहरुमध्येबाट उत्कृष्ट पाँच आईडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिनेछ ।

डिजिटल संवाद र फेस्टमा निःशुल्क सहभागी हुन सकिने छ । यसअघि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर १, सुदूरपश्चिमम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना भइसकेको छ । यस कार्यक्रम बारे थप जानकारी लिन ९८०१२६३६०२ मा फोन गर्न सकिने छ ।