कीवर्डहरू -

चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्दै सामसङ

चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्दै सामसङ

सामसङ्गले चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्ने भएको छ । आफ्नो कार्यक्षेत्र फराकिलो पार्न कम्पनीले चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्ने भएको हो ।

कम्पनीले चिप डिजाइन बनाउन र चिप निर्माण गर्नमा सो रकम खर्चिने लक्ष्य राखेको छ । अरु रकम सेमीकण्डक्टर, बायोटेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्समा खर्च गरिनेछ ।

कम्पनीले यस प्रोजेक्ट अन्तर्गत ३ न्यानोमिटरको चिप निर्माण गर्नेछ । अबका केही वर्षमा सामसङ्गले १० लाख रोजगार अवसर सिर्जना गर्ने जनाएको छ ।

कम्पनीले सुपरकम्प्युटर, रोबोट र एआईका लागि पनि एडभान्सड चिप बनाउने योजना राखेको छ । कम्पनीले सिक्सजी प्रविधिको विकासमा पनि ध्यान दिने बताएको छ ।