सन् २०२२ को अन्त्यसम्ममा विन्डोज ११ मा तेस्रो पार्टी विजेट उपलब्ध हुने भएको छ । डेभलपरहरुले माइक्रोसफ्टको एडप्टिभ कार्ड प्लेटफर्म प्रयोग गरेर विन ३२ एप र प्रोग्रेसिभ वेब एपहरुका लागि विजेट बनाउन सक्ने भएका छन् ।
विन्डोजका प्रयोगकर्ताहरु विजेटको फिचर एकदमै मनपराउने हुँदा पनि कम्पनीले यो फिचर सार्वजनिक गरेको बताएको छ ।
सबैजनाको व्यस्त जीवनमा कुनै पनि कुराको सर्टकट पाएपछि पक्कै पनि प्रयोगकर्ताले त्यसलाई बढी रुचाउने गर्दछन् । विजेटको फिचर पहिले विन्डोज ७ मा रहेको थियो ।