साओमीले एस् १ एक्टिभ, रेड मी स्मार्ट ब्यान्ड प्रो र मी होम सेक्युरिटी क्यामेरा ३६० नेपाली बजारमा ल्याएको छ ।
साओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको लागि र दुई वटा स्मार्ट वाच भएको जनाइएको छ ।
लन्चमा बोल्दै शाओमी नेपाल का कन्ट्री जेनेरल म्यानेजर अमित पंडालले सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिभाइसहरु उपभोक्ता माझ ल्याउन प्रयासरत रहेको बताए ।
साओमी एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको छ ।’
यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ । यसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबीसै घण्टा मुटुको चाल पनि रेकर्ड र यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु रहेका छन् ।
त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालो मापनिफुलकलर प्यालेट देख्न सकिन्छ। यि क्यामरा हरु ले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जसले गर्दा घर मा कोहीप्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ ।
साथै यसमाभएको टु वे अडियो टक ब्याकफिचर ले गर्दा जहाँबाट पनिआफ्नो परिवार सँग कुरा गर्न सकिन्छ । यसमा ३२ जि बि सम्म को स्टोरेज छ र यसलाई घर को जुन सुकै कुनामा सजिलै सँग फिट गर्न सकिन्छ ।
शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली रुपैँया २२,९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मुल्य रु ६,१९९ रहेको छ ।
त्यस्तै मीहोम सेक्युरिटी क्यामरा ३६० को मुल्य रु ४,४९९ रहेको छ रयी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।
आईसीटी समाचार