कीवर्डहरू -

ह्वावे क्लाउड बन्यो एशिया प्यासिफिक क्षेत्रको सबैभन्दा छिटो बढ्ने क्लाउड प्रदायक

ह्वावे क्लाउड बन्यो एशिया प्यासिफिक क्षेत्रको सबैभन्दा छिटो बढ्ने क्लाउड प्रदायक

मे १९ मा एसिया–प्यासिफिक डिजिटल इनोभेसन कंग्रेस २०२२ सिंगापुरमा सुरु भयो । ह्वावेले आफ्नो ग्राहक, विशेषज्ञ, विद्वान र विश्लेषकहरूसँग डिजिटल अर्थतन्त्र र उद्योग इनोभेसनका लागि नयाँ परिदृश्य र दिशाहरू बारे छलफल गर्न आसियान फाउन्डेसनसँगै काम गरेको छ ।

“क्लाउड सर्भिस” उद्योग फोरममा ह्वावे क्लाउडको ग्लोबल मार्केटिङ र सेल्स सर्भिसकी अध्यक्ष ज्याकलिन शिले केहि मन्तव्य राखेकी थिइन् । २०२१ मा ह्वावे क्लाउडले आफ्नो पछिल्लो रणनीति “ड्राइभ इन डिजिटल विथ एभ्रीथिंग एज अ सर्भिस” जारी गरेको छ ।

एभ्रीथिंगमा ह्वावेको भिजन र उद्योगको बुझाइ समावेश छ । समान भ्यालु र व्यापारिक रणनीतिका साथ इम्बेड गरिएको ह्वावे क्लाउडले “एसिया–प्यासिफिक मा, एसिया–प्यासिफिकको लागि” को आफ्नो प्रतिबद्धतालाई साकार पार्न विश्वसनिय र इनोभेटिभ क्लाउड सेवाहरू सिर्जना गर्न जारी राखेको छ ।

आफ्नो मन्तव्यमा ह्वावे क्लाउड एसिया–प्यासिफिकका अध्यक्ष जेंग छिंगयुनले २०२१ मा ह्वावे क्लाउडको द्रुत वृद्धि र एसिया–प्यासिफिक बजारमा स्थानीयकृत सेवाहरूमा यसका फाइदाहरूको समीक्षा गरेका थिए ।

एसिया–प्यासिफिक क्षेत्रमा ह्वावे क्लाउडका छ वटा रणनीतिहरू छन् । उद्योग रणनीतिको सन्दर्भमा ह्वावे क्लाउड कोर प्रतिस्पर्धात्मकतालाई निरन्तर सुधार गर्न “सेवाको रूपमा पूर्वाधार, सेवाको रूपमा प्रविधि र इकोसिस्टम साझेदारहरूसँगको जित” मा केन्द्रित रहेको छ ।

बजार रणनीतिको सन्दर्भमा ग्राहकहरूको लागि निरन्तर भ्यालु सिर्जना गर्न डिजिटल रूपान्तरणमा डुब्ने, क्लाउड नेटिभ र व्यापार इनोभेसनलाई गति दिने र उत्कृष्ट टूबी सेवाहरू निर्माण गर्ने ह्वावेको भनाइ छ ।

ह्वावे क्लाउड २०१८ देखि एसिया–प्यासिफिकमा सञ्चालन भइरहेको छ । चार वर्षको विकास पछि ह्वावे क्लाउड चीनमा नम्बर २, थाइल्याण्डमा ३ र एसिया–प्यासिफिकको विकासशील बजारहरूमा ४ नम्बरमा उक्लिएको छ, क्षेत्रको शीर्ष ५ फ्रन्टरनरहरू बीच सबै भन्दा द्रुत गतिमा विकास भएको क्लाउड प्रदायक भएको छ ।

ह्वावे क्लाउड क्षेत्र हङकङ (चीन), सिंगापुर, थाइल्याण्ड र मलेसियामा लन्च गरिएको छ। फिलिपिन्स, भियतनाम, भारत, जापान र दक्षिण कोरियामा तैनाथ हुने एक्सेस पोइन्टहरू सहित यो यहि वर्ष इन्डोनेसियामा पनि शुरु गरिनेछ ।

२०२१ मा ह्वावे क्लाउडका एसिया–प्यासिफिक क्षेत्रमा प्रमुख ग्राहकहरू १५६ प्रतिशतले वृद्धि हुनेछ र इकोसिस्टम साझेदारहरूको संख्या ९० प्रतिशतले वृद्धि हुनेछ ।

२०२२ मा ग्लोबल नेटवर्क एक्सेलेरेशन सेवा, रियल–टाइम अडियो र भिडियो सेवा, सफ्टवेयर विकास उत्पादन लाइन र वित्तीय वितरित डाटाबेस गजडिबीका जस्ता नयाँ सेवाहरू एसिया–प्यासिफिक बजार क्षेत्रमा क्लाउड सोलुसनहरूको प्रतिस्पर्धात्मकतालाई निरन्तर सुधार गर्न सुरु हुनेछ ।

हालसम्म ह्वावे क्लाउडसँग विश्वव्यापी रूपमा २७ क्षेत्रहरू, ६५ एजेडएस (उपलब्धता क्षेत्रहरू) र २८०० सीडीएन नोडहरू छन् ।

यसैबीच ६००० साझेदार एप्लिकेसनहरूसँग सहकार्य गरेर हामी १७० देश र क्षेत्रहरूमा २२० क्लाउड सेवा र २१० सोलुसन सहित उद्योगहरूको व्यापक रेन्जमा ग्राहकहरूलाई सेवा दिइरहेका छ ।