कीवर्डहरू -

आर्टिफिसियल इन्टेलिजेन्सका यस्ता रोचक तथ्यहरु

आर्टिफिसियल इन्टेलिजेन्सका यस्ता  रोचक तथ्यहरु

आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा खोज तथा अनुसन्धान सन् १९५० देखि नै भएको थियो । अलान टर्निङलाई एआईका अग्रजका रूपमा लिइन्छ । किनकि उनले त्यसबेला मेसिनसँगको भाषा रूपान्तरणसम्बन्धी परीक्षण गरेका थिए ।

१. धेरै जसो मानिस व्यस्त रहने भिडियो गेम्स पनि आर्टिफिसियल इन्टेलिजेन्सको टेक्निकमा आधारित हुन्छ, जसलाई एक्सपर्ट सिस्टम भनिन्छ । यो टेक्निकले मानिसको व्यवहारको नक्कल गर्न सक्छ । किनकि यो सिस्टमलाई मानिसको इन्द्रिय तथा धारणाको नक्कल गर्ने उद्देश्यले तयार गरिएको हुन्छ ।

२. ड्राइभरबिना कुद्ने अटोनोमस गाडीहरू हेर्न अब हामीले धेरै वर्ष कुरिरहनुपर्दैन ।अबको दुई, तीन वर्षमा नै उक्त गाडीहरू प्रत्यक्ष देख्न सक्नेछौँ । उक्त गाडी आर्टिफिसियल इन्टेलिजेन्समा आधारित छ, किनकि यो गाडी सम्पूर्ण अवस्थाको पहिचान गरी आफै गुड्न सक्छ ।

३. आईबीएमले एआईमा आधारित वाटसन नाम गरेको सुपर कम्प्युटर तयार गरेको छ । उक्त कम्प्युटर तयार गर्दाको मुख्य चुनौती नै, सही समयमा साधारण भाषामा भएका प्रश्न बुझ्न सक्ने र त्यसको उत्तर दिन सक्ने प्रोग्रामिङ तयार गर्नु थियो ।

४. सोनीले एउटा एबो नामक रोबोटिक डग बनाएको छ । यो पहिलो रोबोट खेलौना हो, जसले भाव प्रदर्शन गर्न सक्छ र आफ्नो मालिकलाई चिन्न सक्छ । उक्त रोबोटिक डग पहिलो संस्करण हो तर अहिले यसका थुप्रै संस्करणहरू उपलब्ध छन् । तर तिनीहरू धेरै महँगो हुन् सक्छन् ।

५. मानिसले आफ्नो जीवनमा हरेक क्षेत्रमा जुनदरमा आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरिरहेको छ, सोही प्रयोगका कारण भविष्यमा एआईले मानिसको रोजगारीलाई १६ प्रतिशतले प्रतिस्थापन गर्ने अनुमान गरिएको छ ।