कीवर्डहरू -

सुर्खेतमा सम्पन्न भयो डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट

सुर्खेतमा सम्पन्न भयो डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट

कर्णाली प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल कर्णाली संवाद सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल संवाद सम्पन्न भएको हो ।

दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा १५ भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम १५ सय बढीले अवलोकन गरेका छन् ।

फेस्टमा आफ्नो आइडिया प्रस्तुत गर्नेमध्येबाट इन्क्युवेसनका लागि ३ स्टार्टअप तथा आईडिया छनोट भएका छन् । फेस्टमा सुर्खेत सफ्ट प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ ।

इन्क्युबेसनका लागि सुर्खेत सफ्ट प्रालिसँगै कारटु र भर्मि कमपोष्ट तथा भर्मिकवास प्रोडक्टसन छनोटमा परेका छन् ।

त्यस्तै ३ बजेदेखि सुरू भएको डिजिटल कर्णाली संवादमा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीको उपस्थिति रहेको थियो भने सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

संवादमा आईटी तथा ई-गभर्नेन्स विज्ञ सुरेन्द्र यादव र मध्यपश्चिम विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर पञ्चदेव भट्टले कार्यपत्र प्रस्तुत गरेका छन् । डिजिटल संवादमा कर्णाली प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल भएको छ ।