कीवर्डहरू -

बम्पर अफरको नाममा एसएमएसमा फिशिङ लिंक, सचेत रहन प्राधिकरणको आग्रह

बम्पर अफरको नाममा एसएमएसमा फिशिङ लिंक, सचेत रहन प्राधिकरणको आग्रह

काठमाडौं । बम्पर अफरको नाममा आउने फिसिङ हमलाविरुद्ध सचेत रहन नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले अफरको नाममा एसएमएसमा आउने लिंकप्रति सचेत रहन उपभोक्तालाई जानकारी दिएको हो ।

एसएमएसमार्फत बम्फर अफरको नामको १० ग्राम सुनको ग्राण्ड प्राइज जित्ने लोभ देखाउँदै आम मानिसहरुलाई ‘मेलिसियस’ लिंकहरु आईरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले त्यस्तो एसएमएसमाथि अनुसन्धान गरिरहेको छ । एमएसएममार्फत आउने ( https://bit.ly/31glDPU ) उक्त लिंकप्रति सचेत रहन प्राधिकरणले आग्रह गरेको छ ।