कीवर्डहरू -

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न दराजको ‘प्राउडली नेपाली - प्रमोटिङ नेपाली ब्रान्ड’ अभियान सुरू

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न दराजको ‘प्राउडली नेपाली - प्रमोटिङ नेपाली ब्रान्ड’ अभियान सुरू

नेपालको अग्रणी अनलाइन बजार दराजले ‘प्राउडली नेपाली - प्रमोटिङ नेपाली ब्रान्ड’ नामक आफ्नो नयाँ अभियान घोषणा गरेको छ । नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्ने सो अभियान जेठ १३ बाट सुरु भएको छ ।

कम्पनीका अनुसार विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ।

यो अभियान दराजको मूल मूल्यमान्यता अप्लिप्टिङ कम्युनिटि थ्रु द पावर अफ कमर्स भित्र पर्ने कम्पनीले जनाएको छ ।

स्थानीयकरणमा थप ध्यान केन्द्रित गर्ने यो अभियान सुरू भएको दराज नेपालकी प्रबन्ध निर्देशक सुश्री आँचल कुँवरले बताइन् ।

दराजका अनुसार प्राउडली नेपाली एक वान टाईम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना हो,  जुन वर्षभरि हरेक महिना जारी रहनेछ ।

यसबाहेक यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ ।

दराज सहयात्री र सारथी जस्ता विगतका कार्यक्रमहरूले ११ हजार भन्दा बढी बिक्रेताहरूलाई आफ्नो व्यवसाय अनलाइन स्थानान्तरण गर्न प्रत्यक्ष रूपमा मद्दत गरेका छन् ।

यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ ।

फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थप जस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरुको बारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको दृढ विश्वास रहेको छ ।

यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ ।

प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाइ छ ।