कीवर्डहरू -

ओप्पो रिसर्च ईन्स्टिच्युटले ४ लाख ६० हजार डलर अनुदान दिदै, प्रस्ताव गर्न आह्वान

ओप्पो रिसर्च ईन्स्टिच्युटले ४ लाख ६० हजार डलर अनुदान दिदै, प्रस्ताव गर्न आह्वान

प्राविधिक कम्पनी ओप्पोले, ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा गरेको छ  । यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरुलाई सशक्त तथा थप उर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम श्रृजना तथा समाधान निस्कने विश्वास लिइएको छ ।

यस ईनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च ईन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्नेछ । यो कार्यक्रम मार्फत सबै प्रविधि व्यावसायीहरुलाई अनिश्चितताको समयमा पनि मानवताले सामना गर्ने केही महत्वपूर्ण समस्याहरु समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित, ओप्पोले पहुँच योग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरुको आह्वान गरेको छ । सहभागी टोली वा व्यक्तिहरु द्वारा पेश गरिएका प्रस्तावहरुको मुल्याङ्कन पछि दसवटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६,००० डलरको अनुदान प्रदान गरिनेछ, साथै लगानीका अवसरहरु, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसरहरु प्रदान गरिनेछ ।

ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भने, ‘ओप्पोले भर्टुअस ईनोभेसन’ को धारणामा गहिरो विश्वास गर्छ । हामीले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा, मानिसहरुलाई पहिलो स्थान दिन्छौँ र प्रविधिको माध्यमबाट मानिसहरुले सामना गरिरहेका केही ठूला समस्याहरु समाधान गर्ने प्रयास गरिरहेका छौँ ताकि हामी सबैका लागि राम्रो सँसार श्रृजना गर्न सकौँ” जनसङ्ख्या वृद्वि, कमजोर जनस्वास्थ्य र दिनप्रतिदिन बढ्दो डिजिटल विभाजन जस्ता विश्वव्यापी समस्याहरुको गम्भीरतासँगै हामीले प्राविधिक शक्ति प्रयोग गरेर यी  समस्याहरु समाधान गर्न समान विचारधाराका अविष्कारहरुलाई सशक्त बनाउन ईनोभेसन एक्सेलेटर शुरु गरेका छोँ ।

ओप्पोले समान विचारधाराका साझेदारहरुसँग मिलेर “ईन्सिपेरेशन अहेड” स्पिरिट प्रदान गर्दछ । २०२० को शुरुवात देखि विश्वव्यापी कोभिड–१९ महामारीले विश्वभरका अरबौं मानिसहरुको जीवनलाई बाधा पु¥याएको छ ।

एकै समयमा, प्रविधिको दु्रत विकासले केही समूहहरुलाई बेफाइदा सहित पछाडी छोड्दैछ, परिणाम स्वरुप उनीहरुका लागि नयाँ चुनौतिहरु सिर्जना गर्दछ ।

‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर द वल्र्ड’ को ब्रान्ड मिशन मार्फत समाजप्रतिको आफ्नो जिम्मेवारी र प्रतिबद्धतालाई हृदयंगम गरी ओप्पोले यी र यस्तै अन्य समस्याहरुलाई प्रविधि मार्फत सम्बोधन गर्ने आशा राख्दछ ।

भच्र्युअस ईनोभेसन निरन्तरताको माध्यमबाट, ओप्पोले व्यापक प्रयोगकर्ता र एप्लिेकेसनहरु सहित पहुँचयोग्य प्रविधि, डिजिटल स्वास्थ्यमा समृद्ध अनुभव र विशेषज्ञता हासिल गरेको छ ।

कलरओएस अपरेटिङ सिस्टम र अन्य उत्पादनहरुसँग, ओप्पोले वृद्ध प्रयोगकर्ताहरुका लागि विशेष रुपमा अनुकुलित प्रयोगकर्ताको ईन्टरफेस पनि प्रस्तुत गरेको छ । यसले प्रयोगकर्तालाई प्रविधिको फाइदा र सुविधाको आनन्द लिन सक्षम पारेको छ ।

विश्वव्यापी प्रयोगकर्ताहरुमाझ स्वास्थ्य व्यवस्थापनलाई सहज बनाउन ओप्पोले हार्डवेयर  सफ्टवेयर दुवैमा नवीन डिजिटल स्वास्थ्य उत्पादनहरु विकास गर्न व्यावसायिक चिकित्सा संस्थाहरु र खेलकुद प्रतिष्ठानहरुसँग साझेदारी गर्दै ओप्पो हेल्थ ल्याबको स्थापना गरेको छ ।

आफ्नो अनुसन्धान र विकास मार्फत ओप्पोले निवारक स्वाथ्य सेवा मार्फत मानिसहरुको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने आशा राखेको छ ।

ओप्पोलाई थाहा छ की एकल संगठनको रुपमा विश्वलाई परिवर्तन गर्ने आफ्नो शक्ति सिमीत छ । ईनोभेसन एक्सेलेटर मार्फत ओप्पोले अन्य समान विचारधारा भएका व्यक्तिहरु र संस्थाहरुसँग सम्भावित समाधानहरु पहिचान गर्न र विकास गर्नका लागि जोडिने आशा राखेको छ ताकी तिनीहरुले सबैभन्दा बढी आवश्यकता भएकाहरुलाई फाइदा दिन सकुन ।

ओप्पोले ईनोभेसन एक्सेलेटरलाई दीर्घकालिन प्लेटफर्ममा निर्माण गर्न चाहन्छ जसले विश्वभरका उत्कृष्ट समाधानहरु निकाली सार्वजनिक मुद्दाहरुलाई सम्बोधन गर्दछ ।