कीवर्डहरू -

सोमबार चितवनमा आयोजना हुँदै स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क सहभागी हुन सकिने 

सोमबार चितवनमा आयोजना हुँदै स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क सहभागी हुन सकिने 

बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते चितवनमा सोमबार स्टार्टअप फेस्ट आयोजना हुने भएको हो ।

फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आईडिया सहभागी हुन सक्ने छन् ।

फेस्टसँगसँगै ‍एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

त्यस्तै आईडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । उक्त आईडियाहरुमध्येबाट उत्कृष्ट पाँच आईडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिने छ ।

स्टार्टअप फेस्टमा निःशुल्क सहभागी हुन सकिने छ । यस कार्यक्रम बारे थप जानकारी लिन nepalistartup.com भिजिट गर्न वा ९८०१२६३६०४ मा फोन गर्न सकिने छ ।

यसअघि बागमती बाहेकका ६ वटा प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट उत्साहजनक सहभागीताका साथ सम्पन्न भइसकेको छ ।