कीवर्डहरू -

एमडीएमएस लागू गर्न व्यवसायीको आग्रह

एमडीएमएस लागू गर्न व्यवसायीको आग्रह

मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गरे ।

वाणिज्य तथा आपूर्ति सचिव गणेशराज पाण्डेयले सरकारले अत्यावश्यक वस्तुको सहजीकरणका लागि महँगा मोबाइल फोनको आयात रोकेको स्पष्ट पारे । एमडीएमस लागू गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले केही प्राविधिक काम सम्पन्न भएपछि एमडीएमएस पूर्ण रूपमा लागू हुने जानकारी दिए । त्यस्तै उनले अवैध मोबाइल फोन रोक्न मोबाइल व्यवसायीकै सक्रियता आवश्यक पर्ने भनाइ राखे ।

कार्यक्रममा उपत्यका प्रहरी प्रमुख उत्तम सुवेदीले अपराधको सबैभन्दा ठूलो कारण इन्टरनेट र मोबाइल फोन बनेकाले यसलाई व्यवस्थित तगर्न आवश्यक रहेको बताए ।

अवैध मोबाइलका कारण राजस्व गुमेको र आपराधिक क्रियाकलाप पनि बढ्दै गएको भन्दै सरकारले एमडीएमएस लागू गर्ने योजना अगाडि सारेको थियो ।

यो प्रणालीले वैध मोबाइल फोन मात्र पहिचान गर्ने भएकाले अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ । गाेरखापत्र